“अस्तित्त्वको यस विश्वमा प्रार्थनाभन्दा मीठो अरू केही छैन। मानिसले प्रार्थनाको स्थितिमा रहनुपर्दछ। सबैभन्दा आशीष प्राप्त स्थिति नै प्रार्थना एवं अनुनय-विनयको स्थिति हुन्छ। प्रार्थना ईश्वरसँगको संवाद हो। सबैभन्दा महान् प्राप्ति वा मधुर स्थिति अरू केही नभएर ईश्वरसँगको वार्तालाप हुन्छ।”


अब्दुल-बहा

भारतभरी गाउँ अनि समाजहरूमा सामूहिक आराधनाका लागि प्रफुल्लित जमघट देख्न थालिएका छन्। हजारौं हजार मानिसहरू विविध परिस्थितिबीच मासिक, साप्ताहिक वा दैनिक रूपमा प्रार्थना साझा गर्न, पवित्र ग्रन्थहरूको सार पढ्न र आफ्नो जीवनमा त्यसको प्रभावबारे परामर्श गर्नका लागि घरहरूमा भेला भइरहेका छन्। विभिन्न आयुवर्ग अनि पृष्ठभूमिका यी मित्रहरूको सानो जमघटले, त्यहाँ संलग्न व्यक्तिहरूको आध्यात्मिक जीवन समृद्ध बनाउनका अतिरिक्त गाउँ-समाजमा समुदायको आध्यात्मिक बन्धनलाई अझ नजिकबाट बुन्न सघाउ पुऱ्याउँदछ।

सबै पृष्ठभूमिका मानिसहरू भेला भई प्रार्थना तथा ध्यान गर्नका लागि बहाई समुदायको मन्दिर (उल्लेखनीय उदाहरणका रूपमा दिल्लीस्थित लोटस टेम्पल नामक बहाई उपासना गृह) भए तापनि, ईश्वरको स्तुति गर्न मानिसहरू भेला हुने कुनै पनि ठाउँ आशीर्वादित हुने हुँदा त्यो मन्दिर ठहरिने बहाई अनुयायीहरू विश्वास राख्दछन्। बहाई धर्ममा कुनै पुजारी वा पुरोहित वर्ग नहुने हुँदा, आफ्नो समुदायको आध्यात्मिक संवर्धनका लागि सेवाको अभिभारा प्रत्येक व्यक्तिमाथि आइपर्ने गर्दछ र व्यक्ति अनि परिवारहरूले यो अभिभारा भक्तिपूर्ण प्रार्थना सभा आयोजन गरी पूरा गर्दछन्।

Scroll Up