“मानिसलाई अनमोल रत्नको खानी मान्नुपर्दछ। शिक्षाले मात्र यस खजानालाई उजागर गरी मानवतालाई त्यसबाट लाभान्वित तुल्याउन सक्दछ।”

बहाउल्लाह

मानव जातिको कुलीनताप्रति पूर्ण प्रतिबद्धताका साथ, समाजको समुत्थानका लागि व्यक्तिभित्र अन्तरनिहित क्षमता अनि गुणहरू निर्बाध अनि योजनाबद्ध तरिकाले पृष्ठपोषण गर्न आवश्यक हुन्छ भन्ने बहाई अनुयायीहरू विश्वास गर्दछन्। शिक्षा त्यो प्रक्रिया हो जसले प्रत्येक व्यक्तिको विशाल सम्भावनालाई समाजको समुत्थानका लागि काममा ल्याउन सघाउ पुऱ्याउँदछ। वास्तविक समृद्धिका लागि योगदान दिन, शिक्षाले मानव अस्तित्त्वको दुवै आध्यात्मिक तथा भौतिक आयामलाई सम्बोधित गर्नुपर्दछ।

बहाई अनुयायी संलग्न रहेको समुदाय विकासका गतिविधिको केन्द्रमा, साझा हितका लागि आजीवन सेवाको निम्ति व्यक्तिको आध्यात्मिक तथा बौद्धिक क्षमता निर्माणतर्फ केन्द्रित शैक्षिक कार्यक्रमहरू छन्।

बाल-बालिका
विविध परिवेशमा आध्यात्मिक गुणका साथै विश्वास, आचार-व्यवहार तथा व्यक्तिलाई आध्यात्मिक रूपमा समृद्ध बनाउने विषयमाथि केन्द्रित गरी बाल-बालिकाका लागि आध्यात्मिक शिक्षाको कक्षा सञ्चालन गरिन्छ।

किशोर युवा
देशभरीका युवा तरुणहरूले निर्णय लिनका लागि आध्यात्मिक अवधारणा तथा नैतिक संरचनाको विकास गर्न सघाउ पुऱ्याउने कार्यक्रममा सहभागिता जनाउँछन्। उनीहरूले अभिव्यक्तिको शक्ति विकास गर्दै प्रचुर ऊर्जालाई समुदायको सेवामा प्रयोग गर्दछन्।

युवा अनि वयस्क
विकेन्द्रिकृत शिक्षा प्रक्रियाको माध्यमद्वारा, देशभरी गाउँ अनि शहरका छर-छिमेकमा युवा अनि वयस्कहरूले समुदायको सेवा गर्न, बौद्धिक, नैतिक, आध्यात्मिक तथा व्यावहारिक क्षमता विकास गरिरहेका छन्।