“बहाउल्लाहले विश्वका सबै धर्मावलम्बीका लागि आराधना स्थल निर्माण गर्न निर्देश दिएका छन्, जहाँ सबै धर्म, जाति अनि पन्थका मानिसहरू सर्वलौकिक शरणमा एकसाथ आउन सकून्, तथा मानवताको एकात्मकताको घोषणा यसै खुल्ला पावन स्थलबाट अघि बढ्न सकून्।”



अब्दुल बहा

बहाई अनुयायीहरूको भक्ति जीवनमा, प्रार्थना तथा ध्यान गर्न बिताइएको समय आफ्नो व्यक्तिगत सन्तुष्टिको निम्ति मात्र हुँदैन, तर यसले अरू व्यक्ति तथा समुदायलाई आफ्नो आध्यात्मिक ऊर्जालाई विश्वको हितमा कार्य गर्नका लागि प्रेरित गर्दछ।

आराधना तथा सेवाबीच सम्बन्ध स्थापित गर्ने परिकल्पनाका साथ, प्रार्थना कर्ममा परिणत हुँदछ र कर्म आध्यात्मिकताले युक्त हुँदछ। व्यावहारिक पाउका साथ आध्यात्मिक पथमा अघि बढ्न सम्भव बन्दछ। भारतभरी गाउँ अनि छिमेकहरूमा सामुदायिक ताना-बाना बुनिँदैछ, जहाँ आराधना अनि सेवाका यी विशेषताहरू नजिकबाट अन्तर सम्बन्धित छन्।

नयाँ दिल्ली स्थित लोटस टेम्पल नामक बहाई उपासना गृहले बहाई जीवनको दुई पक्षलाई साथमा ल्याउँदछ – आराधना तथा सेवा। उपासना गृहमा एउटा केन्द्रिय प्रार्थना कक्ष, नौवटा प्रवेश द्वार जसले धर्मको ऐक्यता तथा देवदूत अथवा अवतारहरूका शिक्षा-दीक्षा अन्त्यमा गएर एउटै सत्यका द्वार हुन् भन्ने बोध गराउँदछ। यस मन्दिरको चारैतिर बगैंचा छ, जसले आगन्तुकहरूलाई भक्तिका लागि आध्यात्मिक रूपमा तयार गर्दछ। मन्दिरको निकट परिसरमा सम्भावित परिसम्पत्तिहरू विकास गर्ने परिकल्पना गरिएको छ, जसले जनमानसको भौतिक तथा शैक्षिक आवश्यकता पूरा गर्नेछ। मन्दिरमा निरन्तर चल्ने प्रार्थना र ध्यानलाई पनि दिल्ली-एनसीआरका छिमेक तथा अन्य ठाउँतिर अविराम बढिरहेका सामुदायिक भवनहरूमा पनि प्रवाहित गरिन्छ।