“आफूले बाँचेको युगको आवश्यकताबारे सचेत रहनुपर्दछ, र आफ्नो विचार-विमर्शलाई यसैको आवश्यकता अनि अनिवार्यतामाथि केन्द्रित गर्नुपर्दछ।”



बहाउल्लाह

मानवताले उमेर चढ्दै जाँदा रूपान्तरण गर्न आवश्यक सामाजिक अस्तित्त्वका अनेकौं पक्षमध्ये प्रवृत्ति, चिन्तनधारा तथा मानवताले सामना गरिरहेका बुनियादी विषयका अवधारणाहरू हुन्। रूपान्तरणको यस प्रक्रियामा चिन्तनधाराको त्यस स्तरसम्म योगदान पुऱ्याउनु यस कारण विश्वव्यापी रूपमा बहाई समुदायको अध्ययन एवं चिन्तनको मुख्य क्षेत्र हो। बहाई समुदायले सहभागी बन्न सिकिरहेका मानव हितसित सम्बन्धित अनेकौं संवाद जस्तै महिला अनि पुरुषबीच समानता, शान्ति, शासन, जनस्वास्थ्य तथा विकास तीमध्ये केही हुन्।

त्यस्ता संवादमा सहभागी बन्नुको उद्देश्य अरूलाई यस वा त्यस विषयमा बहाईको पद स्वीकार गर्न मनाउनु हुँदैन। न त यस क्षेत्रमा प्रयासलाई जनसम्पर्क गतिविधि वा शैक्षणिक कार्यको रूपमा पहल गरिन्छ। यसको विपरीत, बहाई अनुयायीहरूले अध्ययन विधि अप्नाउँदै वास्तविक वार्तालापमा सामेल हुँदछन्। यस कारण, मानवताले सामना गरिरहेका समस्याहरू जस्तै जलवायु परिवर्तन, महिलाहरूको स्वास्थ्य, खाद्य उत्पादन र गरीबी उन्मूलन गर्न कुनै विशेष समाधान पेश गर्दैनन्। तथापि, विश्वभरी, बहाई अनुयायीहरू, सभ्यतालाई प्रगति पथमा अघि बढाउन तथा अन्य मन मिल्ने व्यक्ति एवं समूहबाट सिक्दै बहाउल्लाहका शिक्षा-दीक्षालाई व्यवहारमा उतार्ने कोशिशमा आफूले सिकेका कुराहरू साझा गर्न आतुर छन्।

भारतमा महिला अनि पुरुषबीच समानता, सामाजिक-आर्थिक विकास, समाजमा धर्मको भूमिका, बाल तथा युवा अधिकार साथै सामाजिक रूपान्तरणको संवादमा सहभागी बन्ने बहाई समुदायको समृद्ध इतिहास छ।