“सभ्यता प्रस्फुटित भएको छ। राष्ट्रहरू विकासित भएका छन्... विज्ञान, अन्वेषण अनि खोजहरू बढेका छन्। यी सबैले यो विश्वको अस्तित्त्व अविराम प्रगति अनि विकासको मार्गमा रहेको दर्शाउँदछ। र यस कारण, निःसन्देह नै मानवको परिपक्वता दर्शाउने सदाचारअनुरूप बढ्नु र विस्तार हुनुपर्दछ”



अब्दुल बहा

मानवता आज सङ्क्रमणकालमा छ जसले बाल्य अवस्थालाई पछि छोड्दै परिपक्वताको सँघार टेक्दैछ। विश्वको अन्य भाग जस्तै भारतीय समाज पनि यस घडी विस्मयकारी परिवर्तनबाट गुज्रिरहेको छ, जहाँ पहिलेका तन्त्र, संरचना अनि परम्पराले समकालीन विश्वको जटिल यथार्थलाई सम्बोधित गर्दैन। यस सङ्क्रमणको प्रक्रियालाई मार्गदर्शन अनि अभिमुख गराउन, व्यक्ति अनि समाजको स्तरमा नैतिकताको पुनरूद्धार गर्नुपर्ने चारैतिर रोदन गुञ्जिरहेको छ।

ऐतिहासिक परिप्रेक्ष्यमा, धर्म मानव प्रकृतिलाई सभ्य तुल्याउने प्राथमिक शक्ति रहिआएको छ र नैतिकता अनि नियम-कानूनमा यसको योगदानले सामाजिक ताना-बाना संरक्षित राखेको छ। भगवान् कृष्ण, बुद्ध, जोरास्टर, मोजेस, येशू मसीहा अनि पैगम्बर मोहम्मद जस्ता देवदूतले प्रत्येक युगको आवश्यकता अनुसार आध्यात्मिक अनि नैतिक शिक्षाद्वारा सभ्यतालाई अघि बढाए।

अविरल-अविकल दिव्य प्रकटिकरणको यस प्रक्रियामा बहाई धर्म नवीनतम अध्याय हो। मानवता आज सामूहिक विकासको त्यस मोडमा खडा छ, जहाँ मानवताको एकताका लागि आवश्यक सबै क्षमता अनि शक्ति तिनीसँग उपलब्ध छ भनी बहाई धर्मका प्रतिपादक एवं ईश्वरदूत बहाउल्लाहले प्रकाश पारे। भविष्यमा कसी बनिने मानवताको निम्ति यस एकिकरणमा व्यक्ति, समुदाय अनि समाजको संरचनाको पूर्ण क्रम सामेल रहनेछ।

सङ्क्रमणको यस युगमा बहाई धर्मको उद्देश्य, मानवताको एकिकरणको लक्ष्यतर्फ अघि बढ्ने क्रममा व्यक्ति साथै समाजको संरचनाको आन्तरिक जीवनको मूलभूत रूपान्तरणलाई प्रेरित, पोषित अनि मार्गदर्शन गराउनु रहेको छ।

Scroll Up