“मानिसको योग्यता सेवा तथा सद्गुणमा निहित हुन्छ, नकि धन-सम्पत्ति र वैभवको आडम्बरमा।”



बहाउल्लाह

विश्वभरी बहाई समुदायद्वारा शुरु गरिएको विभिन्न समुदाय विकास पहलको केन्द्रमा विकेन्द्रिकृत शिक्षा प्रक्रिया छ, जसले युवा अनि वयस्कहरूमा जीवन्त तथा समृद्ध सामुदायिक जीवन निर्माण गर्न आवश्यक विभिन्न कार्यक्रम र गतिविधि शुरु गर्ने क्षमता बढाउँदछ। यो शिक्षा प्रक्रिया “अध्ययनकृत कक्षा” नामक सानो, अनौपचारिक समूहमा प्रदान गरिन्छ। यस्ता अध्ययनकृत कक्षाको पाठ्यक्रम ईश्वरका शब्दहरूमा आधारित हुनका साथै सबै पृष्ठभूमिका मानिसहरूमा बौद्धिक, नैतिक, आध्यात्मिक तथा व्यावहारिक क्षमता बढाउन लक्षित हुँदछ। यसमा सिलसिलेवार पाठ्यक्रम हुन्छन्, जुन समुदायमा विभिन्न प्रकारका सेवा जस्तै बाल-बालिकाको आध्यात्मिक शिक्षा प्रदान गर्ने, भक्ति सभा आयोजन गर्ने र अध्ययनकृत कक्षालाई तालिम-शिक्षा प्रदान गर्न क्षमता बढाउन परिलक्षित हुन्छ।

प्रशिक्षण संस्थान नामक यस प्रक्रियाको अंशका रूपमा प्रदान गरिएको पाठ्यक्रमका साथ अघि बढ्नेहरू सेवाको मार्गमा अघि बढ्दछन्, जुन संरचित भए तापनि लचिलो हुँदछ। यस प्रक्रियाले धेरैभन्दा धेरै मानिसलाई ईश्वरका वचनहरू तथा त्यसको आफ्नो जीवन साथै समाजमाथि प्रभावबारे गम्भीरताका साथ चिन्तन गर्न र आफूले आर्जन गरेको ज्ञान समुदायको बढी हितमा प्रयोग गर्न समर्थ बनाउँदछ।