“युवा अवस्था शक्ति अनि जोशले चित्रित गर्दछ र मानव जीवनको उत्तम समय मानिन्छ। यस कारण, प्रतापी प्रवृत्तिले प्रेरित तथा ईश्वरको अलौकिक शक्ति र स्वर्गीय कृपा अनि आज्ञाको सम्पुष्टि प्राप्त गर्न दिन-रात कोशिश गर्नुपर्नेछ।”



अब्दुल बहा

बहाई समुदायले युवा अवस्थालाई व्यक्तिको जीवनकालको महत्त्वपूर्ण पक्ष मान्दछ, सम्भावित रूपमा मानव जीवनको बसन्त ऋतु। यदि युवाहरूको बढ्दो बौद्धिकता, आध्यात्मिक एवं भौतिक शक्तिलाई जीवनको यस घडीमा सामाजिक रूपान्तरणका लागि प्रवाहित गरिए, दुवै समुदाय अनि युवाहरूले आफ्नो वास्तविक क्षमता साकार तुल्याउन सक्दछन्। बाल्यकालदेखि परिपक्वताको उमेरतर्फ बढ्दै जाँदा, 11 देखि 14 वर्षको उमेरमा धेरै तेज परिवर्तन अनुभव हुने हुँदा, यस्ता कलिला उमेरमा विशेष प्रकारको तयारी आवश्यक पर्दछ। यी तरुणहरूलाई “किशोर युवा” मानिन्छ, र यस उमेरमा धेरै प्रश्न अनि महत्त्वकाङ्क्षा उनीहरूसँग हुने गर्दछ। यस उमेरकाहरूलाई प्रायः यस आयुवर्गलाई समस्यापूर्ण मान्दै नकारात्मक रूपमा वर्णन गरिन्छ भने यस उमेरमा परोपकार, यस जगतबारे जान्ने-बुझ्ने उत्सुकता, न्यायको भावना तथा यस विश्वको समुन्नतिका लागि काम गर्ने उत्साहको सम्भावनाबारे बुझाईको हिसाबले किशोर युवा कार्यक्रम तयार पारिएको छ। चुनौती र सम्भावनाहरूले भरिएको यस उमेरलाई पार गर्न सघाउ पुऱ्याउन, बहाई समुदायले विश्वव्यापी रूपमा किशोरहरूको आध्यात्मिक सशक्तिकरण कार्यक्रम परिचालन गर्दछ।

यस कार्यक्रमकै अंश स्वरूप, 15 वर्ष अनि यसभन्दा माथिको उमेरका युवाहरूलाई “प्रोत्साहक/प्रेरणादाता”का रूपमा सेवा गर्न प्रशिक्षित गरिन्छ, जसले आफ्नो स्थानीय इलाकामा किशोरहरूको सानो समूहलाई शिक्षा प्रदान गर्दछन्। आफ्ना प्रेरकको सहायताद्वारा, ती किशोरहरूले आफ्नो मनमा खेलिरहेका गम्भीर प्रश्नहरूको खोजी गर्दछन्। तिनीहरूले निर्णय लिने क्षमता बढाउनका लागि आध्यात्मिक अवधारणा र नैतिक संरचना विकास गर्न सघाउ पुऱ्याउने सामग्रीहरूको अध्ययन गर्दछन्। यस्ता सामग्रीले उनीहरूलाई सकारात्मक रूपमा अभिव्यक्त गर्ने क्षमता बढाउनका साथै आफूभित्रको प्रचुर ऊर्जालाई समुदायको सेवामा प्रवाहित गर्न पनि सघाउ पुऱ्याउँदछ। सत्यको खोजी गर्न केन्द्रित रहेको कार्यक्रमले तिनीहरूलाई समाजमा विद्यमान रचनात्मक तथा ध्वंशात्मक शक्तिहरूको विश्लेषण गर्न पनि मद्दत गर्दछ। सकारात्मक परिवर्तन ल्याउने पहलसँग स्वयंलाई आबद्ध गराउँदै अभिजात वर्गको आफ्नो वास्तविक अस्मिता चोरी गर्ने शक्तिहरूको प्रतिरोध गर्न पनि यसले सहयोग गर्दछ। आफ्नो खाली समयमा स्वयंसेवीका रूपमा सेवा गर्ने यस्ता हजारौं युवाहरूको सहयोगमा आज भारतमा दसौं-हजार किशोरले यस्ता समूहमा सहभागिता जनाउँछन्।