“ईश्वरको विश्वास तथा उनको धर्मबाट अनुप्राणित मौलिक उद्देश्य, मानव जातिको हितरक्षा एवं एकता प्रोत्साहित गर्दै परस्पर प्रेम अनि सद्भाव प्रेरित गर्नु हो।”

– बहाउल्लाह

"So powerful is the light of unity that it can illuminate the whole Earth."

- Bahá'u'lláh

विश्वभरी, शहरहरूमा, गाउँ अनि नगरहरूमा, लाखौं लाख बहाई अनुयायीहरूले आध्यात्मिक साथै भौतिक रूपमा सुसम्पन्न समुदाय विकसित गर्न प्रयास गरिरहेका छन्। उत्कृष्ट विश्व निर्माणको चाहना राख्नेहरूसँग हातेमालो गर्दै, उनीहरूले आराधना अनि सेवामाथि केन्द्रित गतिविधि एवं कार्यक्रमहरूको माध्यमद्वारा नयाँ सभ्यताको जग बसाल्न मेहनत गरिरहेका छन्। विश्वको सबैभन्दा तरुण धर्म रहेको बहाई धर्मका अनुयायीहरूका लागि, यी पहलहरू विशाल वैश्विक उपक्रमकै एउटा अंश हो, जसको अति महत्त्वपूर्ण उद्देश्य मानव जातिको आध्यात्मिक अनि भौतिक एकिकरण रहेको छ।

भारतमा बहाई अनुयायीहरू कल्पना गर्नसकिने सबै पृष्ठभूमिबाट छन् – अण्डामानको जङ्गलदेखि लिएर मुम्बईको उच्च अट्टालिकासम्म, तमिल नाडुको तटवर्ती इलाकादेखि सिक्किमको उच्च पाहाडी इलाकासम्म। सामूहिक आराधना, आफ्नो बाल-बच्चा, तरुण अनि वयस्कहरूको आध्यात्मिक शिक्षाका लागि आफ्नो घरको दैलो खोली उनीहरूले विविधतापूर्ण परिवेशमा साझा हितका लागि एकता, न्याय अनि समर्पणको भावनाले युक्त जीवनशैलीको तानाबाना बुन्दै सहजीवीहरूसँग तालमेलका साथ काम गरिरहेका छन्।

भारत जस्तो विशाल, प्राचीन अनि विविधतापूर्ण राष्ट्रले भव्यताका साथ एक्काइसौं शताब्दीमा प्रवेश गरेसँगै, नयाँ क्षितिज खोलिएको छ। यस भविष्यले निम्त्याएको अवसर अनि चुनौतीहरूले यस जटिल अनि व्यापक परिमाणमा अन्तर-सम्बन्धित यस विश्वमा व्यक्ति, संस्थान अनि समुदायबीच नयाँ स्तरको आध्यात्मिक परिपक्वता अनि बौद्धिक क्षमताको पनि माग गर्दछ।

न्याय अनि एकतामा आधारित विश्व निर्माणका लागि आवश्यक आध्यात्मिक चेतना तथा वैज्ञानिकतम परखले यस देशका जनमानसलाई युक्त बनाउने क्षमता विकास एवं अध्ययनको प्रक्रियाप्रति भारतको बहाई समुदाय पूर्णरूपले प्रतिबद्ध छ।

बहाई
उपासना मन्दिर

भ्रमण गर्नुहोस्

अन्वेषण गर्नुहोस्

बहाई विश्वास र अभ्यासको केन्द्रबिन्दु रहेका विषयगत क्षेत्रहरूको चयन तल अन्वेषण गर्नुहोस्।

मार्गदर्शनको स्रोत

भारतमा बहाई धर्म

नवीकृत धर्म

इतिहासको हरेक कालखण्डमा, ईश्वरले अनेकौं देवदूतका रूपमा स्वयंलाई मानवसमक्ष उजागर गरेका छन्। तीमध्ये बहाउल्लाह सबैभन्दा नवीन देवदूत हुन्, जसले हाम्रो यस आधुनिक युगमा आध्यात्मिक एवं सामाजिक शिक्षा प्रतिपादित गरे।

थप पढ्नुहोस् »

समुदाय विकास

भारतभरी, सबै पृष्ठभूमि अनि विविध परिस्थितिका व्यक्तिहरूले, आध्यात्मिक अनि भौतिक रूपमा सुसम्पन्न जनसमुदायको जग बसाल्ने काम गरिरहेका छन्। आराधना अनि सेवामा केन्द्रित गतिविधिहरूका माध्यमद्वारा उनीहरूले साझा हित साध्ने कोशिश गर्दछन्।

थप पढ्नुहोस् »

सामूहिक आराधना

शिक्षा एवं विकास

बहाई विश्वासहरूको साझेदारी

पहलको समन्वयन एवं प्रवाहिकरण

सामाजिक कार्य

समाजका संवादहरूमा सहभागिता

नयाँ दिल्ली

बिहार शरीफ

उपासना मन्दिर

बहाई उपासना मन्दिरले सामुदायिक जीवनको दुई अन्तरसम्बन्धित पक्ष – आराधना एवं सेवालाई साथमा ल्याउँदछ। उपासना मन्दिरले धर्मको ऐक्यता तथा देवदूत वा देव अवतारहरूका शिक्षा सबै अन्त्यमा एक मात्र सत्य रहेको बोध गराउँदछ।

थप पढ्नुहोस् »

स्थानीय बहाई उपासना मंदिर को
निर्माण प्रगति

दृश्य

Bahá'í Office of Public Affairs

Visit »

Bahá'í Reference Library

Visit »