20 औं शताब्दीको शुरुवाती वर्षतिर, बहाउल्लाहका ज्येष्ठ पुत्र “अब्दुल बहा” बहाई धर्मका प्रमुख व्याख्याता थिए, जो सामाजिक न्याय अनि अन्तरराष्ट्रिय शान्ति दूतका रूपमा प्रतिष्ठित बने।
एकतालाई आफ्नो शिक्षाको बुनियादी सिद्धान्त बनाउँदै संस्थापकको मृत्युसँगै धर्म अन्य पन्थहरूमा विभाजित हुने स्थिति आइपर्न नदिन, बहाउल्लाले आफूद्वारा स्थापित धर्मका लागि आवश्यक सुरक्षा सुनिश्चित गरे। आफ्नो ग्रन्थहरूमा उनले, ज्येष्ठ पुत्र अब्दुल बहालाई सबैले बहाई ग्रन्थहरूको अधिकृत व्याख्याताका रूपमा मात्र नभएर धर्मको आध्यात्मिकता अनि शिक्षाको समग्र प्रतिरूप मान्नु निर्देश दिए।
बहाउल्लाहको मृत्युसँगै, अब्दुल बहाले आफ्नो असाधारण गुण अनि विशेषता, साथै ज्ञान अनि मानवताप्रतिको सेवाद्वारा बहाउल्लाको शिक्षालाई जीवन्त रूपमा प्रदर्शित गर्दै विश्वभरी तेज गतिले बढिरहेको समुदायको प्रतिष्ठा बढाए।
आफ्नो पिताको धर्मलाई अझ प्रतिष्ठित बनाउन र शान्ति एवं एकताका आदर्श प्रोत्साहित गर्न अब्दुल बहाले सेवा कार्य समर्पित गरे। स्थानीय बहाई संस्थानहरूको स्थापना प्रोत्साहित गर्नका अतिरिक्त शुरुवाती शैक्षिक, सामाजिक तथा आर्थिक पदक्षेपलाई मार्गदर्शन गरे। आजीवन कारावासको सजायबाट मुक्त भएपछि, अब्दुल बहा विश्व यात्रामा निक्ले जहाँ उनले मिश्र (इजिप्ट), युरोप तथा उत्तर अमेरिकाको भ्रमण गरे। आफ्नो जीवनभरी उनले, ठूला अनि साना सबैका लागि, बहाउल्लाहको निर्देश अनुरूप, समाजको आध्यात्मिक एवं सामाजिक नविकरणका लागि, वैभवशाली सरलता प्रदर्शित गरे।
Exploring this topic:
- The Life of ‘Abdu’l-Bahá
- The Significance of ‘Abdu’l-Bahá
- The Development of the Bahá’í Community in the time of ‘Abdu’l-Bahá
- Quotations
- Articles and Resources