पहलको समन्वयन एवं प्रवाहिकरण - The Bahá'í Faith

“परामर्शले बढी सचेतना फैलाउँदै कल्पनालाई निश्चिततामा परिणत गर्दछ। यो अँध्यारो संसारमा चम्किलो प्रकाश हो, जसले बाटो देखाउँदै मार्गदर्शन गराउँदछ। हरेक वस्तुका लागि, प्रवीणता र परिपक्वताको केन्द्र हुन्छ र रहिरहनेछ। समझदारीको उपहारको परिपक्वता परामर्शको माध्यमद्वारा स्पष्ट पारिन्छ।”

- बहाउल्लाह

बहाई धर्ममा पुरोहित-पुजारी हुँदैन। यसको गतिविधि स्थानीय, क्षेत्रीय, राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरमा गोप्य मतदानद्वारा निर्वाचित निकायद्वारा शासित गरिन्छ। कुनै अभियान वा प्रचार प्रक्रियाबिनै चुनाउ गराइन्छ। यी निकायहरूमा निर्वाचित विश्वासीहरूसँग व्यक्तिका रूपमा कुनै अधिकार हुँदैन, तर जुन निकायका उनीहरू सदस्य हुन्छन्, त्यसबाट वैधानिक, कार्यकारी र न्यायिक अधिकार परिचालन गर्दछन्। संस्थानहरू बहाई समुदायको आन्तरिक पक्षहरूको व्यवस्थापनका साथै समुदायमा आध्यात्मिक तथा भौतिक संसाधन प्रवाहित गर्नका लागि जिम्मेवार छन्।

बहाई अनुयायीहरूको प्रशासनिक व्यवस्था ठहरिने यी संस्थानहरू परामर्शको सिद्धान्तमा सञ्चालित हुँदछ। यस सिद्धान्त अनुसार, संस्थानका सदस्यहरूले प्रत्येक वस्तुको सत्यको खोज गर्ने माध्यमको रूपमा चर्चा-परिचर्चा गर्दछन्। उनीहरूले खुलेर आफ्नो विचार व्यक्त गरे तापनि, व्यक्तिगत विचारमा अडिग रहनुबाट मुक्त रहन्छन् र यसको साटो सत्यबारे विस्तृत जानकारी प्राप्त गर्न अरूको अरूको दृष्टिकोणबाट सिक्ने गर्दछन्। चालबाजी, पक्षपात तथा अन्य प्रकारले आफ्नो व्यक्तिगत स्वार्थ वा हितलाई अघि बढाउने प्रक्रियाबाट जोगिने गर्दछन्।