विश्वभरी बहाउल्लाहको नयाँ विश्वको दिग्दर्शनबाट प्रेरित सबै नै आध्यात्मिक अनि भौतिक रूपमा समृद्ध जीवन्त समुदाय विकास गर्ने गतिविधि अनि कार्यक्रममा संलग्न छन्। त्यस्ता समुदायको विकास गर्न व्यक्ति, संस्थान तथा निर्माण गरिने समुदायको क्षमता अनि परिपक्वता असाधारण रूपमा बढाउन आवश्यक पर्दछ। हालमा भारतभरी बहाई समुदायमा, त्यस्ता क्षमतालाई आराधना अनि सेवाको केन्द्रमा रहेका गतिविधि अनि कार्यक्रमको माध्यमद्वारा पोषित गरिँदैछ।
सामूहिक आराधनाको निम्ति परिवेश सिर्जना गर्न, युवाहरूलाई सशक्त गर्न तथा साथी-सङ्गीका समूहलाई ईश्वरका वचनहरूको अध्ययन गर्न सहयोग गर्न र विश्वको बढी हितमा त्यसलाई लागू गर्न बहाई शिक्षाको परिज्ञान अरूसँग साझा गरी, प्रतिभागीहरूले समुदाय विकासको प्रक्रियामा योगदान पुऱ्याउँदछन्, जसमा आराधना र साझा हितलाई प्रोत्साहित गर्ने पहल साथमा गुँथिएको हुँदछ।