उनको प्रकटिकरणले एकबद्ध विश्व सिर्जना गर्ने उद्देश्य हासिल हुने सुनिश्चित गर्न तथा बहाई समुदायको एकता सुरक्षा गर्न, बहाउल्लाले आफ्ना ज्येष्ठ पुत्र अब्दुल बहालाई आफ्नो संविदाको केन्द्र नियुक्त गर्दै विश्व न्याय मन्दिर स्थापना गर्न निर्देशित गरे। यसका लागि अब्दुल बहाले विश्व न्याय मन्दिर स्थापनाका लागि नियम-सिद्धान्त स्थापित गर्दै उनको मृत्युपछि, बहाई अनुयायीहरूले उनका ज्येष्ठ नाति शोघी एफेन्दीलाई बहाई धर्मका संरक्षकका रूपमा स्वीकार गर्नुपर्ने घोषणा गरे।
दुवै विश्व न्याय मन्दिर अनि धर्म संरक्षकलाई नियम-सिद्धान्त लागू गर्ने, नियम-कानून घोषित गर्ने, संस्थानको सुरक्षा गर्ने र बहाई धर्मलाई सदा प्रगतिको मार्गमा रहेको समाजको आवश्यकता अनुसार ढाल्ने कार्यभार सुम्पिएका छन्।
असाधारण दूरदर्शिता, विवेक अनि समर्पणका साथ, 36 वर्षसम्म शोघी एफेन्दीले, समस्त मानव जातिको विविधता प्रतिबिम्बित गर्ने गरी बढ्दै जाँदा, बहाई समुदायको एकताको योजनाबद्ध तरिकाले पृष्ठपोषण तथा गहन बुझाई सुदृढ बनाउँदै लगे।
शोघी एफेन्दीको मार्गदर्शनमा, बहाउल्लाहद्वारा समुदायको मामिलालाई शासित गर्न तयार विशेष प्रणाली विश्वभरी तेज गतिमा विकसित हुँदै गयो। उनले बहाई ग्रन्थहरूलाई अङ्ग्रेजीमा अनुवाद गरे, पवित्र भूमिमा धर्मको आध्यात्मिक एवं प्रशासनिक केन्द्र विकास गरे तथा उनले लेखेका हजारौं पत्रहरूमा, सभ्यताका आध्यात्मिक आयाम तथा सामाजिक परिवर्तनका गतिशीलताहरूमा गहन अन्तरदृष्टि प्रदान गर्दै मानवता अघि बढिरहेको भविष्यका लागि अति प्रेरणादायक परिकल्पना प्रस्तुत गरे।
Exploring this topic:
- The Life and Work of Shoghi Effendi
- Guidance and Translations
- Shoghi Effendi’s Passing
- Quotations
- Articles and Resources