बहाई धर्म ईश्वरद्वारा दुई देवदूत – बाब तथा बहाउल्लाहलाई सुम्पिएको लक्ष्यबाट शुरु भएको हो। आज, उनीहरूद्वारा प्रतिपादित धर्मको बिछुट्टै एकता, बहाउल्लाद्वारा दिइएका स्पष्ट प्रवचनबाट प्रस्फुटित भएका हुन्, जुन मार्गदर्शन उनले दिएअनुरूप अनवरत जारी छ। संविदाका रूपमा उल्लेखित उक्त उत्तराधिकार, बहाउल्लाहद्वारा आदेश गरिएअनुरूप बहाउल्लाहबाट उनका पुत्र “अब्दुल बहा” अनि अब्दुल बहाबाट उनका नाति शोघी एफेन्दी र यसपछि विश्व न्याय मन्दिरमा निहित छ। बहाई अनुयायीले बाब अनि बहाउल्ला तथा यसरी नियुक्त गरिएका ती उत्तराधिकारीहरूका दिव्य आज्ञा स्वीकार गर्दछन्।

बाब
बाब बहाई धर्मका अग्रदूत हुन्। 19 औं शताब्दीको मध्यतिर उनले, मानवताको आध्यात्मिक जीवन रूपान्तरित गर्ने दिव्य सन्देशका वाहक रहेको घोषणा गरे। उनको लक्ष्य, शान्ति अनि न्यायको युग सूत्रपात गराउने उनीभन्दा महान् दोस्रो देवदूतको आगमनको मार्ग प्रशस्त गर्नुरहेको थियो।

बहाउल्लाह
बाब तथा पूर्वका सबै देवदूतद्वारा भविष्यवाणी गरिएका “ईश्वरका गौरव” हुन् बहाउल्लाह। बहाउल्लाहले ईश्वरको नयाँ प्रकटिकरण मानवतालाई दिए। हजारौं आयत, पत्र अनि पुस्तक उनका कलमबाट प्रवाहित भए। आफ्नो लेखनमा उनले मानव जीवनको दुवै आध्यात्मिक अनि भौतिक आयामलाई समेट्ने वैश्विक सभ्यता विकास गर्ने संरचना रेखाङ्कित गरे। यसका लागि उनले 40 वर्षको कारावास, यातना अनि निर्वासन सहे।

अब्दुल बहा
वसियतमा बहाउल्लाहले आफ्ना ज्येष्ठ पुत्र “अब्दुल बहा”लाई आफ्नो शिक्षाका अधिकृत व्याख्याता साथै धर्मका प्रमुखका रूपमा नियुक्त गरे। पूर्व अनि पश्चिम, चारैतिर अब्दुल बहा शान्तिका दूत, अनुकरणीय मानव अनि नयाँ धर्मका शीर्ष प्रतिनिधि बने।

शोघी एफेन्दी
अब्दुल बहाद्वारा बहाई धर्मका संरक्षक नियुक्त गरिएका उनका ज्येष्ठ नाति शोघी एफेन्दीले, समस्त मानव जातिको विविधता प्रतिबिम्बित गर्ने गरी बढ्दै जाँदा, बहाई समुदायको एकताको योजनाबद्ध तरिकाले पृष्ठपोषण तथा गहन बुझाई सुदृढ बनाउन जीवनको 36 वर्ष बिताए।

विश्व न्याय मन्दिर
विश्वभरी आज बहाई धर्मको विकासलाई विश्व न्याय मन्दिरले मार्गदर्शन गर्दछ आफ्नो नियम पुस्तकमा, बहाउल्लाहले विश्व न्याय मन्दिरलाई जनकल्याणमाथि सकारात्मक प्रभाव पार्न, शिक्षा तथा शान्ति एवं वैश्विक समृद्धि प्रोत्साहित गर्न, र मानवीय मर्यादा अनि धर्मको स्थितिको सुरक्षा गर्न निर्देशित गरे।