19 औं शताब्दीको मध्यतिर – विश्व इतिहासको सबैभन्दा कलहकारी समयमा, एकजना युवा व्यापारीले उनी मानवताको जीवनमा रूपान्तरण ल्याउन पूर्व निर्धारित सन्देशका वाहक रहेको घोषणा गरेका थिए। त्यस समय, उनको देश इरानमा नैतिकताको व्यापक पतन भइरहेको थियो… उनको सन्देशले सबै वर्गमा उत्साह अनि भरोसा जगाउनका साथै चाँडै हजारौं अनुयायी आकर्षित गर्न पनि सफल बने। उनले “बाब” नाम ग्रहण गरे, जसको अरबीमा अर्थ हुन्छ “द्वार”।
आध्यात्मिक एवं नैतिक सुधारको उनको आह्वानका साथै महिला अनि धेरै गरीबको स्थितिमा सुधार ल्याउने उनको पहलसँगै, बाबको आध्यात्मिक नविकरणको खुराक क्रान्तिकारी थियो। सोही समय, उनले आफ्नो बिछुट्टै अनि स्वतन्त्र धर्मको स्थापना गरे, जसले आफ्ना अनुयायीहरूलाई आफ्नो जीवनमा रूपान्तरण ल्याउँदै पराक्रमका महान् कार्यहरू गर्न प्रेरित गरे।
बाबले मानवता नयाँ युगको सँघारमा खडा रहेको घोषणा गरे। उनको जीवन अभियान, जुन 6 वर्षको मात्र रह्यो, जसको लक्ष्य विश्वका सबै धर्महरूद्वारा प्रतिज्ञा गरिएको शान्ति अनि न्यायको युगको सूत्रपात गराउने ईश्वर अवतारको मार्ग तयारी गर्नुरहेको थियो। – बहाउल्लाह