विश्व न्याय मंदिर - The Bahá'í Faith

“न्याय मन्दिरका मानिसहरूलाई जनमानसको सेवाभार सुम्पिएको छ। वास्तवमा उनका सेवकहरूमध्ये, उनीहरू ईश्वरका संरक्षक तथा उनका देशका अरुणोदयका अधिकारी हुन्।”

- बहाउल्लाह

विश्व न्याय मन्दिर बहाई धर्मको अन्तरराष्ट्रिय शासकीय परिषद् हो। बहाउल्लाहले आफ्नो नियम ग्रन्थ – किताब-ए-अक्दासमा यस संस्थानको स्थापनाका लागि निर्देश दिएका छन्।

विश्व न्याय मन्दिर नौ सदस्यीय एकाइ हो, जसको चुनाउ सबै राष्ट्रिय बहाई सभाद्वारा प्रत्येक पाँच वर्षमा गरिन्छ। बहाउल्लाहले विश्व न्याय मन्दिरलाई जनकल्याणमाथि सकारात्मक प्रभाव पार्न, शिक्षा, शान्ति तथा वैश्विक समृद्धि प्रोत्साहित गर्न तथा मानवीय मर्यादा र धर्मको स्थितिको सुरक्षा गर्न दिव्य अधिकार प्रदान गरेका छन्। यसका साथै बहाई शिक्षालाई सदा प्रगतिको मार्गमा रहेको समाजको आवश्यकता अनुसार लागू गर्ने कार्यभारका अतिरिक्त, धर्मको पवित्र ग्रन्थमा स्पष्ट रूपमा नसमेटिएका विषयहरूमाथि नियम बनाउन पनि अधिकृत गरिएको छ।

सन् 1963 मा पहिलो चुनाउपछि, विश्व न्याय मन्दिरले विश्वका बहाई समुदायलाई समृद्ध वैश्विक सभ्यता निर्माणको प्रक्रियामा सहभागी बन्न क्षमता विकासका लागि मार्गदर्शन गर्दैआएको छ। विश्व न्याय मन्दिरले प्रदान गरेको मार्गदर्शनले बहाई समुदायमा विचार अनि कार्यमा एकता सुनिश्चित गर्दछ कारण त्यसले नै विश्व शान्तिलाई यथार्थमा परिणत गर्ने बहाउल्लाहको परिकल्पना बोध गराउँदछ।

Exploring this topic: